Monday, September 2, 2013

दोभान


म मैदान मा लडें तिमी ओझेल भयेउ
रक्शीले लडें तिमी नसासिस्यौ
उमेरको उनमातले या पारलौकिक भोगले
म साधु भएं तिमी बिलिप्त भएउ
अब दोश्रो अध्याय सुरु भयो
तिमी सुख खोज्छौ खस्रा पानामा
म निर्जीव भएं
दोकान खोलेउरे तिमीले सरिरको
तिमी बस्तु भएछौ
आब साधुलाई बस्तु को के उपयोग,
म निर्हिया भएं तिमी उपभोग भयेउ
म वर्तमान रहे तिमी जर्जरौदो भूत भयेउ
छ्यानिक उत्शाह या पिराले
म तेज्वान ज्योति भै निभे
तिमी छ्यानिक प्रकाशमान बलत्कृत भै ब्हुजेउ
म प्रेम्सैयाँमा एकचोटी मरे
तिमी पल पल सररिक विलासमा झरेउ
म मृत्युसैयाँ पश्चात दोभानमा मिले
जहाँ तिमीले तिम्रो पिडा बिसायेउ !!